पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९९६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पिसिआर विधिबाट १०८८ नमुना परीक्षण गर्दा २१६ जनामा तथा एन्टिजेन विधिबाट १९०८ नमुना परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको हो । सो समयमा ८६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २९७१ पुगेको छ । 
 

सुझावित समाचार