लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालू दशौँ अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेश सभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
 

सुझावित समाचार