भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार जमिनमा प्रवेश गरेको छ। ‘अर्नब’ बुधबार बिहान करिब ८स्१५ बजे जमिनमा प्रवेश गरेसँगै कमजोर हुँदै गएको चक्रवातको प्रभाव नेपालमा भने बिहीबारदेखि बढ्ने अनुमान नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको यो प्रणाली बिहीबार बिहानसम्म कमजोर भएर ‘डिप डिप्रेसन’मा परिणत हुने सम्भावना छ ।
कप्तान दीपेन्द्र चम्किँदा सुदूरपश्चिमको पहिलो जित
कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेको ६६ रन साझेदारी मद्धतमा पोखरा एभेन्जर्सलाई ६ विकेटले गुमाउँदै तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४६ रनको लक्ष्य दिएको थियो ।
मदिरामा भएको विवादमा आफ्नै साथीको हत्या
मादक पदार्थ सेवनका क्रममा भएको विवादपछि आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ बस्ने ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन रहेका छन्।
प्रहरीले उनीहरूलाई माछापुच्छ्रे गाउँपालिका–७, घिप्ले बस्ने २२ वर्षीय राजेन्द्र पौडेलको हत्या गरेको आरोपमा पक्राउ गरेको हो। कास्की प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले यसबारे जानकारी दिएका हुन्।
भिजिट भिसामा आएर अन्य गतिविधि गर्ने १० विदेशी मोरङबाट पक्राउ
पर्यटकका रूपमा नेपाल प्रवेश गरेर अनुमति नलिई स्वास्थ्य शिविरका नाममा विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा मोरङबाट १० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पाँच अमेरिकी, दुई क्यानडेली र तीन ब्राजिलियन नागरिकलाई बुधबार अपराह्न कानेपोखरी गाउँपालिका–६ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरू भिजिट भिसामा नेपाल आएर कानेपोखरी–६ स्थित ‘मर्फी वेलफेयर सोसाइटी’को ब्यानरमा सञ्चालित स्वास्थ्य शिविरमा सहभागी भएको पाइएको प्रशासनको भनाइ छ। उक्त शिविरमा आँखा, दाँतलगायतका स्वास्थ्य उपचार सेवा प्रदान गरिँदै आएको थियो।
सरकारी वेबसाइटको सुरक्षा चुस्त बनाउन निर्देशन, म्याद सकिएका एसएसएलरटिएलएस सर्टिफिकेट तत्काल फेर्नुपर्ने
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सबै सरकारी निकायका वेबसाइटहरूको सुरक्षा चुस्त बनाउन निर्देशन दिएको छ। प्रोग्रामिङ ल्यांग्वेज पिएचपीमा सुरक्षा कमजोरी देखिएपछि केन्द्रले सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गतको केन्द्रले संघ, प्रदेश र स्थानीय सरकारलाई पत्राचार गर्दै आफ्ना वेबसाइटमा एचटिटिपिएस र टिएलएस प्रोटोकल अनिवार्य गर्न भनेको छ।
अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन: अध्यक्ष ओली
नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देशले अहिले स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न नपाएको बताएका छन्। उनले देशलाई वर्तमान अवस्थाबाट मुक्त गरी स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न आन्दोलनको विकल्प नभएको बताए।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज नवनियुक्त तीन केन्द्रीय सदस्यलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले देशमा राज्यआतंक, गुन्डाराज र निरंकुशता बढिरहेको आरोप लगाए। उनले देशलाई संकटपूर्ण अवस्थाबाट पार लगाउने जिम्मेवारी एमालेको काँधमा आएको बताए।
वर्षाको चेतावनीपछि धान जोगाउन चटारो (फोटोफिचर)
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा वर्षा हुने सम्भावना बढेपछि किसानले धान भित्र्याउन तीव्रता दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाले अक्टोबर २९ देखि नोभेम्बर १ सम्म देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ। अक्टोबर ३० र ३१ मा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ।
फर्जी कागजात बनाएर ३९ लाखभन्दा बढी भ्रष्टाचार, खानेपानी कार्यालय मुगुका तत्कालीन प्रमुखसहित चारविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख राजीव रिमालसहित चारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खानेपानी योजनाहरूको फर्जी कागजात बनाएर ३९ लाख ४० हजार ३०९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष ०७६र७७ मा खानेपानी योजनाको डिपिआर निर्माण गर्दा फर्जी मूल्यांकन समिति र निर्णय खडा गरी, नक्कली हस्ताक्षर तथा बिलभर्पाइ बनाएर भुक्तानी दिएको अख्तियारको आरोप छ।
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल ९एसएसबी० बिचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।
कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण तथा दुई देशका सुरक्षा निकायबिच सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी बैठकमा भारतीय पक्षको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरू सहभागी छन्।
अमेरिकाबाट कुरियरमार्फत आएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कात्तिक १० गते ‘कन्ट्रोल डेलिभरी’ विधिमार्फत गाँजा बरामद गरेको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।