पुनर्कर्जाको सुविधा कम गर्दै जाने राष्ट्र बैंकको घोषणा

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी सुविधालाई कम गर्दै जाने भएको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।  

राष्ट्र बैंकले कोरोनाबाट प्रभावित क्षेत्रलाई लक्षित गरेर पछिल्ला वर्षहरमा पुनर्कर्जा सुविधाको सीमा बढाएको थियो । तर, अब पुनर्कर्जा सुविधालाई क्रमशः कम गर्दै जाने गभर्नरको भनाइ छ । ०८१ असारभित्र पुनर्कर्जा कोषमा रहेको मौज्दात रकमको आधारमा मात्र यस्तो सुविधा दिने मौद्रिक नीतिमा उल्लेख छ ।

सुझावित समाचार