फोटोनका १४ इभी भाटभटेनीलाई

सोमबार, १६ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/भाटभटेनी सुपरमार्केटलाई १४ वटा फोटोनका टिएम–१ विद्युतीय व्यावसायिक सवारीसाधन (इभी) हस्तान्तरण गरिएको छ ।

एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स, नेपालले इभी विस्तार गर्ने उद्देश्यसहित ती सवारीसाधन हस्तान्तरण गरेको हो । यसले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्साएको बताइएको छ । 

कम्पनीका अनुसार फोटोन टिएम–१ इभी वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्नेछ ।
एमएडब्लूका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा  व्यावसायिक इभी प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए । 

सुझावित समाचार