एक हप्ताभित्रै राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन होस् : वामदेव गौतम

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण
एक हप्ताभित्रै राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन होस् : वामदेव गौतम

फाइल फाेटाे

सांसद बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन्।

सांसद गौतमले राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो तत्काल लगाउन पनि तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको चारवटा समितिमध्ये तीनवटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्षले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए।

‘अध्यक्ष महादयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रिय सभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नुपर्दछ। राष्ट्रिय सभाका सदस्यहरू कहाँ आन्दोलन गर्न जानुपर्ने हो ? जानुपर्छ,' गौतमले भने, 'मेरो सुझाव छ– एक हप्ताभित्र राष्ट्रिय सभाको उपाध्यक्षको पनि निर्वाचन होस् र हाम्रा तीनवटा खाली भएका समितिका सभापतिहरूको पनि टुंगो लगाइयोस् ।’

सुझावित समाचार