५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर नियन्त्रणमा

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएबापत सेवाग्राहीबाट घुस लिने एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ । पाल्पाको गंगादेव गाउँपालिका कार्यालयका इन्जिनियर नवीन डाँगीलाई ५० हजार घुस रकमसहित उनको निवासबाट नियन्त्रणमा लिइएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  

प्रवक्ता भण्डारीका अनुसार सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित सम्पर्क कार्यालय र नेपालगन्जबाट खटिएको टोलीले इन्जिनियर डाँगीलाई  नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

सुझावित समाचार