ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन कोरोना संक्रमित भएका छन्। शुक्रबार स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।
उनलाई कुनै लक्षण भने देखिएको छैन। कोरोना संक्रमण पुष्टिपछि उनी घरमा आराम गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए।