प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजसम्म

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ आगामी २६ देखि २८ असोजसम्म हुने भएको छ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा समितिको सचिवालयले २६, २७ र २८ असोजमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने मिति प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई समितिले स्वीकृत गरेको हो।

प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेको छ। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध रहेका छन् भने पाँचवटा उजुरीमा एक–एकजना प्रस्तावित राजदूतलाई तोकेर उजुरी दिइएको छ।

प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी आजै समितिका सदस्यहरूलाई वितरण गरिएको छ। त्यसैगरी, प्रस्तावित राजदूतहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराइएको छ।

समितिले उजुरी तथा प्रस्तावित राजदूतका कार्ययोजनामाथि अध्ययन गरी निर्धारित मितिमा संसदीय सुनुवाइ गर्नेछ।

सुझावित समाचार