भोजपुर/ भोजपुरमा प्रहरीले २४४.७७० किलोग्राम गाँजासहित एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरिएको हो।
प्रहरीले उनलाई २०८३ साल असोज २० गते बिहान ३ः३० बजे २४४।७७० किलोग्राम गाँजा ९६ बोरा, को.प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र एक थान मोबाइलसहित नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको लागुऔषध गाँजासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।