बुढीगंगा नगरपालिकाको मतगणना सुरु

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सुरु भएको छ । ११ बजेबाट मतगणनाको कार्य सुरु गरिने सर्वदलीय निर्णय भए पनि विविध समस्याका कारण ढिलाइ भएको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मणबहादुर कडायतले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १ र १० बाट मतगणनाको कार्य सुरु गरेको उनले बताए । भानोदय नमुना माध्यमिक विद्यालयमा मतगणनाको कार्य सुरु भएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बुढीगंगामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये नाै हजार एक सय २८ अर्थात् ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः चुनाव गरेको हो ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । 

सुझावित समाचार