सुनको मूल्य घट्यो

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सयले ओरालो लागेर ९४ हजार ६ सय तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार एक सय ८५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा  दैनिक  कारोबार मूल्य तोक्दै आएको छ ।

सुझावित समाचार