सातै प्रदेशका गृहमन्त्री मधेस प्रदेशमा

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरू मधेस प्रदेशमा भेला हुँदै छन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिलामन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ । 

भेलाले  विपत् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेश अनुभव आदान–प्रदान गर्ने र छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गरिने बताइएको छ । 

कार्यक्रममा शान्तिसुरक्षा तथा विपत् व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदान तथा छलफल, जनकपुरधाम साझा प्रतिबद्धता, २०९७ घोषणा हुनेछ । भेला मधेस प्रदेशको आयोजनामा हुन लागेको हो । 

सुझावित समाचार