बुधबार थप ११३ जनामा कोरोना संक्रमण

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

बुधबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनामा नमुना परीक्षण गरिएको थियो। जसमध्ये १ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएकोमा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुझावित समाचार