सभामुख सापकोटा आज स्वदेश फर्किँदै

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

अजरबैजान भ्रमणमा रहेका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कँदै छन् । अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा भाग लिएर उनीसहितको प्रतिनिधिमण्डल नेपाल फर्कन लागेकाे हाे ।

उनी आज साँझ नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । सम्मेलनलाई सभामुख सापकोटाले सम्बोधन गरेका थिए ।

सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार अजरबैजान प्रस्थान गरेको थियो । 
 

सुझावित समाचार