काठमाडौं/ जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो।
रास्वपाकी एक सांसदलाई आफ्नो छोराको लास बेचेर सांसद भएको भन्दै सामाजिक सञ्जालमार्फत अपमान गरेको भन्दै परेको जाहेरीका आधारमा उनी पक्राउ परेका थिए।