गोविन्द भट्टराईद्वारा उपसभापतिमा उम्मेदवारी दर्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं /नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको क्रम जारी छ। यही क्रममा गोविन्द भट्टराईले पार्टीको उपसभापति पदमा खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि जारी छ। महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन भइरहेको हो।

भट्टराईले खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ।

सुझावित समाचार