एकीकृत समाजवादी बागमती प्रदेश सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएकाे छ । सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले आआफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् ।
पाण्डेलाई केन्द्रमा शीर्ष नेताहरूबीच सहमति नभई सत्ता हस्तान्तरण नगर्ने अडानमा रहेपछि माओवादी र कांग्रेसले बिहीबार आआफ्ना सांसदको हस्ताक्षर संकलन गरेका थिए । साथै, सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका थिए ।
सरकार छाड्नैपर्ने अवस्था सिर्जना हुन लागेपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । बागमती प्रदेशको नेतृत्व हस्तान्तरणको किचलो बढेपछि शुक्रबार केन्द्रमा शीर्ष नेताले पनि छलफल गर्दै छन् । सो छलफलपछि आफूले सरकार छाड्नुपर्ने बुझेका पाण्डेले शुक्रबार र शनिबार दुई दिन बस्ने गरी दलको बैठक बोलाएका छन् । शुक्रबार बस्ने बैठकमै सहभागी हुने गरी संघीय राजधानी काठमाडौं पुग्न सबै सांसदलाई सूचना गरिएको एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् ।
‘गठबन्धनभित्र सरकार फेरबदलको विषय गम्भीर बनेपछि हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका हौँ,’ उनले भनिन्, ‘नेकपा एकीकृत समाजवादी सरकार फेरबदलबारे गम्भीर छ, यसै विषयमाथि छलफल हुनेछ ।’ मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व छाडेपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारमा बढीभन्दा बढी मन्त्रालय पाउनुपर्ने माग गठबन्धनमा राख्ने तयारीसमेत गरेका छन् ।
११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चारजना मन्त्री छन् । ‘सरकार फेरबदलको विषय शीर्ष नेतृत्वबाट टुंगिनुपर्छ, हामी प्रदेशमा बाधक बन्दैनौँ,’ सचेतक सिग्देलले भनिन्, ‘त्यसपछि बढीभन्दा बढी मन्त्रालय हामीले पाउनेबारे हामी अडिग हुनेछौँ।’
पाण्डेको नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार आधा-आधा सञ्चालन गर्ने, चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।
बागमती सरकार छाड्न एकीकृत समाजवादी सकारात्मक
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
३ हप्ता अघि
सुझावित समाचार
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…