भारतबाट किसानले ल्याएको मल नरोक्न निर्देशन

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

भारतबाट मल ल्याउन किसानलाई सहज गरिएको छ । राजनीतिक दल र किसानले मल आपूर्ति सहज बनाउन माग गरेपछि आफ्नो खेतबारीमा प्रयोग गर्न ल्याउने किसानको रासायनिक मल नरोक्न नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

‘व्यापारिक प्रयोजनका लागि हो या आफ्नो खेतबारीमा प्रयोग गर्नका लागि हो भन्ने यकिन गरी मल ल्याउन सहज वातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ,’ उनले भने । रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केही खुकुलो गरिएको बताए ।

‘हुनत किसानलाई भारतबाट मल ल्याउनुस् भन्न मिल्दैन । नाकामा खटिएका सुरक्षाकर्मीलाई नरोक्नु भन्न पनि मिल्दैन, तर किसानको समस्या र व्यावहारिकता पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कानुनले नदिए पनि व्यावहारिकता हेरेर निर्देशन दिनुपरेको छ ।’

See More On

सुझावित समाचार