तटीय क्षेत्रमा बाढीको पूर्वानुमान र चेतावनीसहित सरकारले पठायो एसएमएस

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

सरकारले तटीय क्षेत्रमा बाढीको पूर्वामान र चेतावनीसहितको एसएमएस मोबाइल सेवा प्रदायक कम्पनीमार्फत पठाएको छ । पछिल्लो तीन घन्टा कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको, कान्द्रा, मोहना, खुटियालगायत नदीमा एक्कासि बाढी आउन सक्ने जानकारी दिएको छ ।

कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको, नदीतटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन पनि सरकारले एसएमएसमार्फत आग्रह गरेको छ । 

सुझावित समाचार