अन्तरप्रदेश सवारीको भाडा बढ्यो (सूचीसहित)

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले अन्तरप्रदेशका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर वृद्धि गरेको छ। शुक्रबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले भाडादर बढाएको हो।

पेट्रोल तथा डिजेलको मूल्य वृद्धि भएसँगै भाडादर बढेको विभागले जनाएको छ। नेपाल आयाल निगमले बिहीबार डिजेलको मूल्य एकैपटक १२ रुपैयाँ बढाएको थियो। विभागले शुक्रबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ।

नयाँ भाडा दरअनुसार सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत भाडादर बढेको छ।

सुझावित समाचार