काठमाडौं महानगरपालिकाले जनगुनासो सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो।
सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालका अनुसार कार्यपालिका बैठकको निर्णयअनुसार १६६००१०५५११ टोल फ्री नम्बरसहितको कल सेन्टर सञ्चालनमा ल्याइएको हो। महानगरका मेयर बालेन्द्र साहले जेठ १६ को कार्यपालिकाको पहिलो निर्णयमा जवाफदेही नागरिक सेवाका लागि कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।