उत्पादनमूलक क्षेत्रमा केन्द्रित बजेट ल्याएको सरकारले वन तथा वातावरण क्षेत्रको बजेट एक अर्बले कटौती गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै वन तथा वातावरण क्षेत्रमा १३ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्, जुन चालू आर्थिक वर्षभन्दा एक अर्ब १३ करोड रुपैयाँ कम हो । चालू आवमा वन तथा वातावरण क्षेत्रमा १४ अर्ब १३ करोड बजेट थियो ।
सरकारले आगामी आवका लागि वन तथा वातावरण क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । दिगो वन विकासबाट काठ आयात घटाउने, वृक्षरोपण र तटबन्ध निर्माणलाई प्राथमिकता दिने कार्यक्रमहरू अघिल्ला वर्षका निरन्तरता हुन् ।
अर्थमन्त्री शर्माले निजी वनमा रहेका काठ कृषिवस्तु सरह बिक्री गर्न दिइने, सामुदायिक वन थप २३ लाख हेक्टरमा वन व्यवस्थापनबाट काठ उत्पादन गरिने उल्लेख गरेका छन् ।
सहरी वातावरण सुधारका लागि यसअघिदेखि नै सञ्चालन हुँदै आएको वृक्षरोपण एवं सहरी वन विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । यद्यपि, सरकारले नारा थपेर ‘जनताको रहर, हरियाली सहर’ घोषणा गरेर १० हजार विरुवा वितरण गर्ने भएको छ ।
वन, वातावरणको बजेट एक अर्बले घट्यो
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
धानको बिउ उत्पादनको अनुगमन
महोत्तरी/कोरिया–नेपाल सहयोग कार्यक्रम (कोपिया)अन्तर्गत महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालित धानसम्बन्धी कार्यक्रमको स्थलगत अ…
भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले पुर्यायो क्षति
धनगढी/ पाकेर काट्ने वेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । बुधबार बिहानसम्म परेको अविरल वर्षाल…
नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा पाँच सय छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा
काठमाडौं/ नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको …
इन्टरनेट शुल्क वृद्धि गर्न कुनै स्वीकृति दिएका छैनौँ : दूरसञ्चार प्राधिकरण
काठमाडौं/ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा कुनै स्वीकृति नदिएको स्पष्ट पारे…
दसैँअघि उखु किसानले डेढ अर्ब सरकारी अनुदान पाउने
गत आवमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रतिक्विन्टल ६ सय २० रुपैयाँका दरले पैसा बुझिसके, सरकारी अनुदानबापतको प्रतिक्विन्ट…
मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि
मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रतिमहिना १७ सय रिंगिटबाट बढाएर दुई हजार (करिब ७६ हजार रुपैयाँ) पुर्‍याउने घोषणा …