प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा बिर्तामोड घर भई काठमाडौं महानगर–१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो ।
उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँबराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको प्रहरीले बताएको छ। उनीहरूलाई बैंक तथा बित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।