दुई अर्ब लगानीमा भक्तपुरको सूर्यविनायकमा तरकारी बजार सञ्चालन

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

झन्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारमा दुई हजार दुई सय कक्ष रहेका छन् । चार हजार चार सयजनालाई रोजगारी दिइने लक्ष्य राखिएको छ । जसबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने अनुमान छ।

भक्तपुरको सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झन्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी दुर्गा प्रसाईंले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालनमा ल्याएका हुन् ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका– ८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार दुई सय कक्ष रहेका छन् । चार हजार चार सयजनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईंले बताए ।

‘किसानलाई उचित मूल्य दिन तथा बिचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो,’ उनले भने, ‘तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्नेछ ।’     
  

सुझावित समाचार