थप २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ जना निको भए

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ८० जनामा पिसिआर परीक्षण गर्दा १५ जना र एक हजार चार सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ भने दुई सय १५ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ५८ रहेको छ।

सुझावित समाचार