यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग तीनदिने युद्धविराम घोषणा

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

यमनको हुथी समूहले तीनदिने युद्धविरामको घोषणा गरेको छ।  साउदी नेतृत्वको गठबन्धनले देशविरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने समूहले ‘स्थायी’ युद्धविरामको सम्भावना प्रस्ताव गरेको अलजजिराले उल्लेख गरेको छ।

साउदी अरेबिया ग्रान्ड प्रिक्स दौडअघि शुक्रबार जेद्दाह तेल डिपोमा आगलागी भएको वेलामा यो प्रमुख घटनाक्रम आएको हो। हुथी राजनीतिक नेता महदी अल-मसातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।

‘यो एक निष्कपट निमन्त्रणा र विश्वास पुनर्स्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजानका लागि चालिएको व्यावहारिक कदम हो,’ अल-मसातले भनेका छन्। ‘हामी यो घोषणालाई अन्तिम र स्थायी प्रतिबद्धतामा परिणत गर्न तयार छौँ, यदि साउदी अरेबियाले यमनमा घेराबन्दी अन्त्य गर्ने र यमनमा आफ्ना आक्रमणहरू सदाका लागि रोक्ने प्रतिबद्धता गर्दछ भने,’ उनले थपे। रासस/एएनआई

सुझावित समाचार