कोसी ब्यारेजनजिकबाट ७८ किलो गाँजा बरामद

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सोही नगरपालिकाका वडा–१ स्थित नहरको झाडीमा राखिएको ७८ किलो गाँजा सशस्त्र प्रहरीले शनिबार बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गण हेडक्वार्टर सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले प्लास्टिकको प्याकेट मा एक–एक किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा राखिएको अवस्थामा भेटिएको खड्काले जानकारी दिए । 

See More On

सुझावित समाचार