पछिल्लो २४ घन्टामा नेपालमा थप आठजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई हजार ६५५ जनामा परीक्षण गर्दा पिसिआर विधिबाट आठजनामा संक्रमण देखिएको हो। पिसिआर विधिबाट एक हजार ६९६ र एन्टिजेन विधिबाट ९५९ स्वाब नमुना परीक्षण गरिएको थियो।
यस अवधिमा २१० जना कोरोना भाइरस संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार सातजना ५८ मा झरेको छ। मन्त्रालयका अनुसार आज कुनै संक्रमितले ज्यान गुमाउनुपरेन भने ४७ हजार सात सय ०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।