सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख तीन सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला एक हजार एक सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ। यसको मूल्य बुधबार प्रतितोला ९८ हजार सात सय रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय ३९ डलर आसपास कारोबार भइरहेको छ।