पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमणमुक्त हुँदा ४५ जनामा संक्रमण देखिएको छ। पिसिआर विधिबाट दुई हजार ९७८ र एन्टिजेन विधिबाट एक हजार ७७४ नमुना परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ४१ र ४ संक्रमित थपिएका हुन्।
यस अवधिमा कुनै पनि संक्रमितले ज्यान गुमाउनुपरेन। आज सोमबार देशभर ५९ हजार ३७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा तीन हजार १३५ सक्रिय संक्रमित रहेका छन्।