पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार हजार ७४७ नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर विधिबाट एक हजार ६५४ जनामा परीक्षण गर्दा २२ जना र एन्टिजेन विधिबाट ३ हजार ९३ जनामा परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा दुई सय २० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। हाल नेपालमा चार हजार तीन सय ७६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।