थप ८३ जनामा कोरोना संक्रमण, १३० जना निको भए

मंगलबार, १ चैत, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सात हजार ८८४ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट चार हजार ७३४ र एन्टिजेन विधिबाट तीन हजार १५० नमुना परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ५७ र २६ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा १३० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। मंगलबार एक लाख तीन हजार ५३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अब नेपालमा चार हजार ७४६ सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ।

सुझावित समाचार