पछिल्लो २४ घन्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पाँच हजार चार सय १८ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट तीन हजार पाँच सय ३९ र एन्टिजेन विधिबाट एक हजार आठ सय ७९ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ५० र आठजनामा संक्रमण देखिएको हो।
सो अवधिमा एक सय ४८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। आज सोमबार देशभर ९२ हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार आठ सय १९ रहेको छ।