थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, १९२ जना निको भए

आइतबार, २९ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सात हजार नाै सय ४७ जनामा नमुना परीक्षण गरिएकोमा ६५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार तीन सय ६ जनामा पिसिआर परीक्षण गर्दा ५९ जना र एक हजार ६ सय ४१ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ।

सो अवधिमा एक सय ९२ संक्रमित निको भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर चार हजार नाै सय १७ जना सक्रिय संक्रमित रहेका छन्।

सुझावित समाचार