थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, १९२ जना निको भए

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पाँच हजार ६२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट दुई हजार २३८ र एन्टिजेन विधिबाट दुई हजार ८२४ स्वाब परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ३० र ४३ संक्रमित थपिएका हुन्।

यस अवधिमा १९२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। आज शनिबार देशभर एक लाख एक हजार ३०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार अब नेपालमा पाँच हजार ५० सक्रिय संक्रमित रहेका छन्।

सुझावित समाचार