थप ९१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण देखिएको छ। ६ हजार २२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट दुई हजार ६६२ र एन्टिजेन विधिबाट तीन हजार ५५८ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ६७ र २४ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा ३६२ जना संक्रमणमुक्त भएका र कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज शनिबार देशभर दुई लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४७ रहेको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ।
 

सुझावित समाचार