२४ घन्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ७,२४२ सक्रिय संक्रमित

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप एक सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा आठ हजार नाै सय ३३ जनामा नमुना परीक्षण गरिएको थियो। 

त्यसमध्ये सात हजार ९१ जनामा पिसिआर परीक्षण गर्दा एक सय ११ जना र एक हजार आठ सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही अवधिमा तीन सय ८५ जना संक्रमित निको भएको छन् भने एकजनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार दुई सय ४२ रहेको छ।

सुझावित समाचार