थप १०५ जनामा कोरोना संक्रमण, ३२० जना निको भए

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चार हजार ९२४ स्वाब परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट दुई हजार ४४८ र एन्टिजेन विधिबाट दुई हजार ४७६ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ७० र ३५ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा ३२० जना संक्रमणमुक्त भएका छन् भने तीन संक्रमितले ज्यान गुमाएका छन्। आज बिहीबार एक लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार ५१७ रहेको छ।

सुझावित समाचार