थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, तीनजनाको मृत्यु

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार आठ सय ७४ जनामा नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। त्यसमध्ये पिसिआर विधिबाट चार हजार ६ सय ७२ जनामा परीक्षण गर्दा एक सय २३ जना र एन्टिजेन विधिबाट दुई हजार दुई सय दुईजनामा परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा तीन सय २१ जना कोरोना संक्रमित निको भएको छन् भने तीनजनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार सात सय ७० रहेको छ।

सुझावित समाचार