थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार पाँच सय चार नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। त्यसमध्ये चार हजार चार सय ५८ जनामा पिसिआर गर्दा ९२ जना र दुई हजार ४६ जनामा एन्टिजेन परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा तीन सय ५४ संक्रमित निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार नाै सय ७१ रहेको छ।

सुझावित समाचार