राष्ट्रपतिद्वारा इतिहास र वातावरणविज्ञ नियुक्त

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास, पुरातत्व र वातावरणविज्ञ नियुक्त गरेकी छिन्।  राष्ट्रपति भण्डारीले सोमबार डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र डा. कृष्णप्रसाद ओलीलाई वातावरणविज्ञ पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले सम्बन्धित क्षेत्रमा सुझाव र सल्लाह दिने गरी उनीहरूलाई विज्ञ नियुक्त गरेकी हुन्।

सुझावित समाचार