१६ सयले बढ्यो सुनको मूल्य

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय रुपैयाँ तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला ९६ हजार एक सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार तीन सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय सात डलर आसपास कारोबार भइरहेको छ।

सुझावित समाचार