काठमाडौ । ‘तपाईंको सानो साथ, कसैको ठुलो चाड’ भन्ने नारासहित भिभोले ‘भिभो फेस्टिभ सेयर’ नामक विशेष अभियान उत्सव सार्वजनिक गरेको छ। अभियानअन्तर्गत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसहित १० हजार रुपैयाँसम्मको नगद छुट भाैचर र थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्।
१५ असोजदेखि ४ मंसिरसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत भिभो स्मार्ट फोन खरिद गर्ने ग्राहकहरूले स्पिन एन्ड विनमा सहभागी हुन र विभिन्न आकर्षक उपहारहरूमा भिभो स्मार्ट फोन, भिभो स्पिकर, भिभो नेकब्यान्ड, भिभो मग तथा एक वर्षसम्मको अतिरिक्त वारेन्टी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
अभियानलाई अझ रोमाञ्चक बनाउन स्पिन एन्ड विनमा सहभागी हुने प्रत्येक योग्य ग्राहक बम्पर पुरस्कारका लागि पनि स्वतः योग्य हुनेछन्, जसअन्तर्गत दुई भाग्यमानी विजेताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्।
अभियानको मुख्य आकर्षणका रूपमा १० हजार रुपैयाँसम्मको नगद छुट भाैचर राखिएको छ, जसलाई ग्राहकले आफ्ना साथी, परिवारका सदस्य वा प्रियजनसँग साटासाट गर्न सक्नेछन्। एकजनाले प्राप्त गरेको लाभ अर्को व्यक्तिसम्म पुर्याउने अवधारणा अघि सार्दै कम्पनीले यसलाई अभियानको विशेषता भएको जनाएको छ।
अभियान अवधिभर ग्राहकहरूले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत विक्रेताबाट भिभो स्मार्टफोन खरिद गरी स्पिन एन्ड विनमा सहभागी हुन सक्नेछन्। यससँगै ग्राहकले १० हजार रुपैयाँसम्मको क्यास डिस्काउन्ट भाउचर तथा थाइल्यान्ड भ्रमणलगायतका पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।