थप २७५ जनामा कोरोना संक्रमण, ५५५ जना निको भए

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा दुई सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आठ हजार ६ सय २८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट पाँच हजार चार सय ५२ र एन्टिजेन विधिबाट तीन हजार एक सय ७६ जनामा परीक्षण गर्दा क्रमशः एक सय ५८ र एक सय १७ संक्रमित थपिएका हुन्।

यस अवधिमा पाँच सय ५५ संक्रमित निको भएका छन् भने थप एकजनाको ज्यान गएको छ। शुक्रबार एक लाख २२ हजार चार सय ९३ जनाले खोप लगाएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या नौ हजार दुई सय ८० पुगेको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार