नेपाल बैंकका कर्मचारी र ग्राहकले बी एन्ड बीमा छुट पाउने

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले काठमाडौंको बी एन्ड बी हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतामा हस्पिटलका सञ्चालक प्रा. डा. अशोककुमार बास्कोटा र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकका कर्मचारीलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालका विविध सेवाहरूमा १० प्रतिशत छुट हुने जनाइएको छ । 

हस्ताक्षरपछि हस्पिटलका सञ्चालक प्रा.डा. बास्कोटाले बी एन्ड बी हस्पिटलले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बी एन्ड बी हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारी एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरेका थिए । बैंकले देशभरमा दुई सय १३ शाखा, एक सय ४७ एटिएम तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिइरहेको बताए । 

सुझावित समाचार