एमसिसी टेबुल गर्नु संविधानविरोधी काम : झलनाथ खनाल

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीय ऐन नै नबनाई संविधान मिचेर जबर्जस्ती एमसिसी संसदमा टेबुल गर्नु संविधानविरोधी भएको बताएका छन्। उनले सरकारमा रहेका दलहरूको असहमति हुँदाहुँदै संसदमा एमसिसी टेबुल गरिनु संविधानलाई मिच्ने काम भएको बताए। 

प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका वेला कार्यसूचीसमेत ल्याउन नमिल्ने भन्दै सांसद खनालले सरकारले राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई संसद् अवरोधका वेलामा पेस गर्नु लज्जास्पद रहेको बताए। उनले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसिसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको बताए। सांसद खनालले एउटा आर्थिक सहायताको लागि देश विभाजन गर्न नमिल्ने बताए। 

‘हामीसँग जुन संविधान छ, त्यो संविधानसभाले बनाएको संविधानको धारा २७९ ले संघीय ऐन बनाएर मात्रै यस्ता खालका सन्धि सम्झौताहरू अनुमोदन गराउन भन्छ। ४ प्रकारका सन्धि सम्झाैताहरु मात्रै  यो ठाउँमा अनुमोदनका लागि ल्याइने गरिन्छ, ल्याउनुपर्छ। तर अहिलेसम्म संघीय ऐन पनि बनेको छैन। संघीय ऐन नै नबनाई संविधानलाई मिचेर जबर्जस्ती आज जुन ढंगले यो टेबुल गर्ने काम गरियो, यो संविधानविरोधी काम हो,’ उनले भने। 

सुझावित समाचार