पछिल्लो २४ घण्टामा थपिए ६३९ कोरोना संक्रमित

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन्।  ९ हजार ७५६ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। 

गत २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ।

सुझावित समाचार