प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा राप्रपा

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ । 

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति सामाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने बताएको हो । प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’लाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवलशमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो । उक्त प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले बताए । 

सुझावित समाचार