पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा थप एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी २० हजार ९८९ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २१५ जना कोरोना संक्रमित निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ भने शुक्रबार देशभर एक लाख ४५ हजार २६५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।